मोहना अन्सारीको मुद्दाले रोकिएला त चुनाव ?
मुलुक वैशाख ३० गते हुने स्थानीय निर्वाचनको दिशामा धेरै अगाडि बढिसकेको छ । तर यही समय सर्वोच्च अदालतमा दायर भएको एउटा रिटले कतै आगामी निर्वाचन रोकिने त होइन भन्ने संशय पैदा भएको छ । मानवअधिकार आयोगको पूर्वआयुक्त समेत रहेकी मोहना अन्सारीले निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर वैशाख ४ गते दायर गरेको रिटउपर अहिले सुनुवाई हुँदैछ ।
स्थानीय तहको निर्वाचनमा मेयर वा उपमेयरमध्ये एक जना महिला अनिवार्य गर्नेु नपर्ने भन्दै आयोगले आफ्नो निर्णय सच्याएपछि अन्सारी अदालत गुहार्न पुगेकी हुन् । उनको रिटउपर सुनुवाईका लागि आज ९ नम्बर इजलासमा पेशी चढेको छ । सो मुद्दाको सुनुवाई न्यायाधीशद्धय सपना मल्ल प्रधान र कुमार रेग्मीले गर्दै हुनुहुन्छ ।
यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा चढेको उक्त रिटमाथि सुनुवाई हुँदा सरकार र निर्वाचन आयोगलाई अदालतमा उपस्थित हुन आदेश दिइएको थियो । अस्ति सरकारी पक्ष अदालतमा उपस्थित नभएका कारण आज फेरि दुबै पक्षलाई छलफलमा बोलाइएको सर्वोच्च प्रशासनले जनाएको छ ।

टिप्पणीहरू