आईजीपीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
नेपाल प्रहरीको आईजीपी नियुक्तिमा प्रक्रिया मिचिएको भन्दै सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सुष्मालता माथेमाको १० नम्बर इजलासमा बहस नसकिएका कारण मुद्दा हेर्दाहेर्दैमा रोकिएको हो ।
सरकारले वरियतामा १ नम्बरमा रहेका एआईजी विश्व पोखरेललाई छाडेर धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको थियो । वरिष्ठता मिचेर आईजीपी नियुक्त गरेको भन्दै पहिलो वरियताका एआईजी पोखरेलले अस्ति सर्वोच्चमा रिट हालेका थिए ।
टिप्पणीहरू