काँग्रेस कार्यकर्ताले समाजवादीका नेतालाई खुकुरी हाने, पाण्डुसैन रणमैदानमा परिणत

काँग्रेस कार्यकर्ताले समाजवादीका नेतालाई खुकुरी हाने, पाण्डुसैन रणमैदानमा परिणत

बाजुरामा नेपाली कांग्रेसका कार्यकर्ताले एकीकृत समाजवादीका कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन् । कुकुरलाई हिर्काएको निउँमा उत्पन्न बिबादले उग्ररुप लिँदा बुढीनन्दा नगरपालिका-९ पाण्डुसैनमा दुई पक्षीय झडप भएको हो ।

प्रहरीका अनुसार समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा कांग्रेसका कार्यकर्ता आक्रमण उत्रिएका थिए । त्यसपछि आज दिनभरी नै पाण्डुसैन तनावग्रस्त भएको हो ।

झडपका क्रममा समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट रावतसहित दुईजना गम्भीर भाइते भएको प्रहरीले जनाएको छ ।

झडपमा १० प्रहरीसहित तीन जना कांग्रेस कार्यकर्ता पनि घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ राउण्ड हावाई फायर गरेको छ ।

झडपको अवस्था नियन्त्रणमा आउन नसकेपछि सदरमुकाम मार्तडीबाट प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलसहित सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतिर गएको प्रहरीले जनाएको छ । अहिले सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी एक सय बढीको संख्यामा सुरक्षाकर्मी परिचालित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिप्पणीहरू