सप्तरीमा काँग्रेस र एमालेको भीडन्त, ३ जना सख्त घाइते
चुनावी प्रचार प्रसारको विषयमा सप्तरी गए राति एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच हानाहान भएको छ । राति १० बजे अग्निसाइर कृष्णसवरण गाउँपालिका ६ को मोहनपुरमा उनीहरुबीच कुटपिट हुँदा तीन जना घाइते भएका हुन् ।
घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, महुलीले जनाएको छ । महुलीबाट गएको प्रहरी टोलीले भीडन्तमा उत्रेको समूहलाई नियन्त्रणमा लिएको हो । प्रहरीले प्रदेश २–०३–०१६ न.प ६४९८को स्कुटी र स. ११ प ३४०१ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
भीडन्तमा नेपाली काँग्रेसका धन बहादुर राईको दायाँ काँधमा गहिरो चोट लागेको छ । बायाँ हातको कुहिनो र ढाडमा चोट लागेका उनको स्थानीय पोलिक्लिनिक महुलिमा उपचार भइरहेको छ ।
त्यसैगरी मोहम्मद आसिसको शरिरका विभिन्न भागमा चोट लागेको र उही पोलिक्लिनिकमा उपचार भइरहेको बताइएको छ ।
नेकपा एमालेका टिका अधिकारीको टाउँकोमा चोट लागेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू