पर्यटक बस्ने होटलमा जुवाकाे खाल

पर्यटक बस्ने होटलमा जुवाकाे खाल

काठमाडौंको ठमेल नजिकैको होटलमा जुवाडे पक्राउ परेका छन् । क्षेत्रपाटीस्थित होटल गणेश हिमालको कोठा नम्बर ८०८ मा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

काठमाडौंको नागार्जुन नगरपालिका–५ सितापाईला बस्ने मुस्ताङ घुसाङ गाउँपालिका–३ घर भएका ६८ वर्षीय मिनबहादुर गुरुङलगायत आठ समातिएका हुन् ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरुलाई एक लाख ८६ हजार नौ सय ५० रुपैयाँ र नौ बुक तास सहित फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू