उत्तर कोरियाद्वारा जापान सागरमा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा जापान सागरमा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले आज फेरि अर्को क्षेप्यास्त्र प्रहार गरेको छ । जापान सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो ।

यसअघि प्योङयाङले तीन दिनअघि क्षेप्यास्त्र प्रहार गरेको थियो । उत्तर कोरियाले हप्तामा दुई पटक आणविक परीक्षण गर्न थालेपछि पश्चिमा सञ्चारमाध्यमहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

उत्तर कोरियाले भने ती सबै परीक्षण आफ्नो सार्वभौम सुरक्षाको निम्ति गरिएको बताउँदै आएको छ ।

टिप्पणीहरू