एमालेले भोलि बिहान पत्रकारहरुलाई च्यासलमा बोलायो

एमालेले भोलि बिहान पत्रकारहरुलाई च्यासलमा बोलायो

एमालेले भोलि बिहान पत्रकार सम्मेलन डाकेको छ । मुलुकको समसामयिक राजनीति र स्थानीय तहको राजनीतिबारे एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो ।

बिहान साढे १० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रम मिलाइएको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिनुभएको छ ।

पत्रकार सम्मेलन मनमोहन स्मृति हल, च्यासल, ललितपुरमा बोलाइएको अधिकारीद्वारा प्रेषित पत्रमा जनाइएको छ ।

टिप्पणीहरू