बादलले चितवन पुगेर भने: गठबन्धनले निर्वाचन जित्न हतकण्डा अपनायो
लामो समयदेखि मौन बसेको एमाले उपाध्यक्ष तथा पूर्वमाओवादी नेता रामबहादुर थापा बादलले गृह जिल्ला चितवन पुगेर मुख खोलेका छन् ।
उनले हिजो भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा एमालेको विजय सुनिश्ति भएको देखेपछि गठबन्धन अत्तालिएको बताएका हुन् । उनले भने, ‘एमालेको विजय सुनिश्चित देखेपछि दक्षिणपन्थी सत्ता गठबन्धन उत्तेजित भएर निर्वाचन जित्न अनेक हतकण्डा अपनाउने रणनीतिमा देखियो ।’
थापाले गठबन्धनले निर्वाचनमा धाँधली गर्नलाई अहिलेदेखि नै अनेक रणनीति बनाएको समे भन्न भ्याएका छन् ।
टिप्पणीहरू