कक्षा १२ को परीक्षा केन्द्र तोकियो

कक्षा १२ को परीक्षा केन्द्र तोकियो

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षा केन्द्र तोकेको छ । बोर्डको गत वैशाख २३ गतेको निर्णयानुसार परीक्षा केन्द्र निर्धारण गरिएको हो ।

परीक्षा केन्द्र बोर्डको वेवसाइटमा राखिएको कार्यालयले जनाएको छ । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म हुन लागेको परीक्षामा चार लाख विद्यार्थी सहभागी हुँदैछन् । परीक्षा बिहान ११ बजेदखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ ।

साथै, बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवम् शाखा कार्यालयहरुले आ–आफ्नो क्षेत्रभित्रका विद्यालयहरुलाई सोबारे जानकारी गराउन कार्यालयले आग्रह गरेको छ ।

टिप्पणीहरू