रेनु दाहालले पैसा लिएर लालपूर्जा बाँडेको तारा बरालको आरोप

रेनु दाहालले पैसा लिएर लालपूर्जा बाँडेको तारा बरालको आरोप

भरतपुर महानगरपालिकाकी निवर्तमान तथा आगामी मेयरकी उम्मेदवार रेणु दाहालविरुद्ध अभियन्ता भनिएकी तारा बरालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहार्ने भएकी छन् ।

पूर्वमेयर दाहालले पैसा लिएर लालपूर्जा बाँडेको भन्दै आज अख्तियार जाने निर्णय गरिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । उनले कतिबेला अख्तियार जान लागेको केही पनि खुलाएकी छैनन् ।

देवघाट क्षेत्र विकास समिति र वनको जग्गा आफ्नै बुबाको बिर्ताझै गरी नक्कली, दलगत सुकुम्बासीलाई पैसा लिएर बाँडेको अभियन्ता बरालको आरोप छ ।

उनले पहिलो चरणमा अख्तियारमा उजुरी हाल्ने र त्यसपछि अदालत जाने बताएकी छन् ।

टिप्पणीहरू