चुनाव अगाडिका झडपमा २३ जना म्यादी प्रहरी घाइते

चुनाव अगाडिका झडपमा २३ जना म्यादी प्रहरी घाइते

स्थानीय तह निर्वाचनमा सरकारले खटाएका एक लाख म्यादी प्रहरीमध्ये चार जनाको ज्यान गइसकेको छ । नेपाल प्रहरीले उपलब्ध गराएको आजसम्मको तथ्याङ्कअनुसार विभिन्न जिल्लामा गरेर चार जना म्यादी प्रहरीको मृत्यु भएको हो ।

जसमा काठमाडौं उपत्यकामा एक जना, बागमती प्रदेशमा दुईजना र कर्णाली प्रदेशमा एकजना गरी चारजना म्यादी प्रहरीको मृत्यु भएको हो । विभिन्न जिल्लामा भएका झडपमा परी २३ जना म्यादी प्रहरी र १६ जना जनपद प्रहरी गरी ३९ जना घाइते भइसकेका छन् ।

निर्वाचनको सुरक्षामा खटिएको समयमा ज्यान गुमाउने सुरक्षाकर्मीको परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता दिने र घाइते भएका सुरक्षाकर्मीको उपचार पनि राज्यले नै व्यहोर्ने निर्णय भइसकेको छ ।

टिप्पणीहरू