यसरी आउँदै छन् भारतीय प्रधानमन्त्री लुम्बिनीमा

यसरी आउँदै छन् भारतीय प्रधानमन्त्री लुम्बिनीमा

बैशाख ३० को स्थानीय चुनाव सकिएको पर्सिपल्ट आगामी जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीको दिन पारेर कपिलवस्तुको लुम्बिनी आउँदैछन् ।

उक्त दिन बिहान राजधानी नयाँ दिल्लीबाट विमानमा उत्तर प्रदेशको कुशिनगर अन्तर्राष्ट्रिय विमानस्थलसम्म ओर्लने कार्यक्रम छ । त्यसपछि चार वटा हेलिकप्टरमा भ्रमण दलका सदस्यसहित मोदी लुम्बिनीमा अवतरण गर्ने बताइएको छ ।

२५६६ औं बुद्धजयन्तीको अवसरमा मोदीले मायादेवी मन्दिरमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै संयुक्त दीप प्रज्वलन गर्ने कार्यक्रम छ । दीप प्रज्वलनपछि अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फेडरेसन (आइबीसी) मार्फत १ अर्ब भारतीय रुपैयाँको लगानीमा निर्माण हुने स्तुपाको पनि दुई प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू