कालिगण्डकीमा पौडी खेल्दाखेल्दै बालक बेपत्ता
तनहुँमा पौडी खेल्ने क्रममा एकजना बालक बेपत्ता भएका छन् । घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ईश्वर विक अहिलेसम्म फेला परेका छैनन् ।
स्थानीय धेनुङका १२ वर्षे विक हिजो दिउँसोदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पुट्टारको झोलुङ्गे पुल नजिकै विकसँगै तीन जना पौडी खेल्न गएका थिए । अन्य दुई जना पौडिएका बाहिर आएका हुन् ।
टिप्पणीहरू