रुकुममा फेरि झडप : माओवादी र काँग्रेसबीच हानाहान
रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ दहमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
झडपमा आफ्ना वडा सभापति सूर्यप्रकाश मल्लसहित चार जना घाइते भएका काँग्रेस जिल्ला उपसभापति हर्कसिंह खत्रीले बताए ।
दुई पक्षबीच भएको झडपमा मल्लसहित मित्रलाल ओली, राजेश केसी र हुपजङ्ग बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले पनि जानकारी दिए ।
काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुन थालेपछि दुई पार्टीका जिल्ला नेताले यसअघि सयुक्त अपिल निकालेर संयमित हुन आग्रह गरेका थिए ।
टिप्पणीहरू