अर्थमन्त्रीले यता बोक्ने, उता ठोक्ने
रोल्पा–रुकुममा दैनिकजसो कांग्रेस कार्यकर्तामाथि माओवादी केन्द्रका कार्यकर्ताहरू जाइलाग्न गरेका छन् । दिनदिनै भइरहेको हिंसात्मक घटनाले रोल्पा–रुकुममा आम मतदताहरू त्रसित छन् ।
यी जिल्लाका नागरिकले २६ वर्षदेखि माओवादीको डर, त्रास र आतंक भोगिरहेको नेपाली काँग्रेस रोल्पाका उपसभापति हरिबहादुर पुन बताउँछन् ।रोल्पाका वर्षमान पुन र रुकुमका जनार्दन शर्मा पटकपटक सत्तामा पुगे पनि गाउँ–ठाउँमा राजनीतिक हिंसा गर्न नछाडेको काँग्रेसीहरूले आरोप लगाएका छन् ।
यसो त यसपटक जनार्दन शर्मा नै काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल छन् । तर रोल्पा–रुकुममा भने माओवादी कार्यकर्ताबाट नै काँग्रेसी कार्यकर्ताहरूले दिनदिनै कुटाइ खाइरहेका छन् ।
टिप्पणीहरू