सांघातिक आक्रमणमा वाईसीएलले एकीकृत समाजवादीका नेतालाई प्रयोग गरेको काँग्रेसको आरोप

सांघातिक आक्रमणमा वाईसीएलले एकीकृत समाजवादीका नेतालाई प्रयोग गरेको काँग्रेसको आरोप

गत बुधबार रोल्पाको माडी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारमाथि आक्रमण भएको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हरिप्रसाद घर्तीको अगुवाइमा वडाध्यक्षका उम्मेदवार निमबहादुर डाँगीमाथि आक्रमण भएको काँग्रेसको आरोप छ । उनी अहिले पनि उपचाररत छन् ।

माडी गाउँपालिका–३, तालाबाङका काँग्रेसका वडाध्यक्ष उम्मेदवार डाँगीमाथि समाजवादीका नेताको योजनामा माओवादीनिकट वाइसीएलले आक्रमण गरेको काँग्रेसीहरु बताउँछन् ।

चुनावी प्रचारप्रसार सकाएर घर फर्कँदै गर्दा माओवादी कार्यकर्ताले आफूमाथि आक्रमण गरेको उम्मेदवार डाँगी बताउँछन् । वाइसीएलले प्रहार गरेको ढुँगा र लाठीले डाँगीको टाउकोमा गम्भीर चोट लागेको छ ।

टिप्पणीहरू