बाबुराम भट्टराईले पाँचदलीय गठबन्धन तोडे

बाबुराम भट्टराईले पाँचदलीय गठबन्धन तोडे

सत्तापक्षीय पाँचदलीय गठबन्धनको मर्म र भावना तोड्दै जनता समाजवादी पार्टीले गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ ।

त्यहाँको नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ । उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको बताइएको छ । नेकपा एमाले र जनता समाजवादीले आज संयुक्त विज्ञप्ति जारी गर्दै एक आपसमा आन्तरिक तालमेल गर्ने उल्लेख गरेका हुन् ।सहमतिअनुसार वडा नम्बर ६, ७ र १० मा नेकपा एमालेलाई सहयोग गर्ने र वडा नम्बर ४ र ५ मा जनता समाजवदीलाई सघाउने भनिएको छ । साथै, जिल्लाका अन्य पालिका र वडामा एक आपसमा सहमति गरी निर्वाचनमा जाने निर्णय भएको हो ।

टिप्पणीहरू