उपराष्ट्रपति होटलबाट फर्कनुभयो
उपराष्ट्रपति नन्दबहादुर पुन राजधानीको एउटा होटलमा आयोजित कार्यक्रममा सहभागी भएर लैनचौरस्थित निवास फर्कनुभएको छ । उहाँ काठमाडौंस्थित एउटा विशेष कार्यक्रममा सहभागी हुनुभएको हो ।
आज नागपोखरीस्थित होटल मेरियटमा नेपाल र इजरायलबीच दौत्य सम्बन्ध कायम भएको ६२ औं वर्षको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिको रुपमा सहभागी भएर उहाँ साँझ ७ बजे होटलबाट निस्कनुभएको हो ।
टिप्पणीहरू