चुनावको ३ दिनअघि अमेरिकाबाट आए पारसका छोरा हृदयेन्द्र

चुनावको ३ दिनअघि अमेरिकाबाट आए पारसका छोरा हृदयेन्द्र

पूर्वराजा ज्ञानेन्द्रको एक मात्र छोराका पनि एक मात्र छोरा अर्थात् नाति हृदयेन्द्र आज बिहान टुप्लुक्क निर्मल निवासमा देखा परेका छन् । उनी उच्च शिक्षा अध्ययनको क्रममा केही महिनादेखि संयुक्त राज्य अमेरिकामा बस्न थालेका हुन् ।

पूर्वनवयुवराज हृदयेन्द्र शाह आज बिहान कतार एअरवेजको उडानबाट काठमाडौं उत्रिएका हुन् । उनी अमेरिकाबाट दोहा हुँदै आज बिहान कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ बाट साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको बताइन्छ ।

हृदयेन्द्र २०५९ साउनमा जन्मेका हुन् । उनी यस पटककाे निर्वाचनमा बालिग भएकाले मतदान गर्न याेग्य भएका छन् । निर्मल निवास काठमाडाैं महानगरपालिकाकाे ४ नम्बर वार्डमा पर्छ ।

“पूर्वयुवराज पारस शाह फकिरको जीवन बिताउँदै हिँडेपछि उनकी अर्धाङ्गिनी तथा पूर्वयुराज्ञी हिमानी शाहले दुई वटी छोरी र एउटा छोराको लालनपालन र शिक्षादीक्षामा ध्यान दिँदै आएकी छन् ।”

हृदयेन्द्रका पिता तथा ज्ञानेन्द्रका पुत्र पूर्वयुवराज पारस शाह फकिरको जीवन बिताउँदै हिँडेपछि उनकी अर्धाङ्गिनी तथा पूर्वयुराज्ञी हिमानी शाहले दुई वटी छोरी र एउटा छोराको लालनपालन र शिक्षादीक्षामा ध्यान दिँदै आएकी छन् ।

उनी छोरीहरु अध्ययन गर्ने थाइल्याण्डको राजधानी बैंकक, कहिले अमेरिका र काठमाडौं गर्दै आइरहेकी छन् । उनी हिमानी ट्रष्टमा आवद्ध छिन् ।

टिप्पणीहरू