निर्वाचन सुरक्षार्थ खटिएका अर्का म्यादीको ज्यान गयो

निर्वाचन सुरक्षार्थ खटिएका अर्का म्यादीको ज्यान गयो

डोल्पामा निर्वाचन सुरक्षार्थ खटिएका एक म्यादी प्रहरीको ज्यान गएको छ । से–फोक्सुण्डो गाउँपालिका–१ स्थित शहीद दशरथ चन्द आवासीय माध्यमिक विद्यालयमा खटिएका सुनिल बिक हिजो मृत फेला परेका हुन् ।

सोही जिल्लाको काइके गाउँपालिका–४ घर भएका २४ वर्षीय बिकको एकाएक स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन थापाले बताए ।

उनका अनुसार टेलिफोन सेवा र बाटोघाटोको समस्याका कारण सवारी साधन चल्न नसक्ने भएकाले मृतकको शव व्यवस्थापनमा कठिनाइ भएको छ । उनको शव केही समयमा हेलिकप्टरमार्फत सदरमुकाम दुनै ल्याउने तयारी छ ।

यसअघि पनि चार जना म्यादी प्रहरीको मृत्यु भएको थियो । सरकारले स्थानीय तह निर्वाचन सुरक्षार्थ खटिएका म्यादी प्रहरीको मृत्यु भएमा घरपरिवारलाई २० लाख दिने निर्णय गरेको छ ।

टिप्पणीहरू