बाबुराम भट्टराईकी श्रीमती काँग्रेसको नियन्त्रणमा
बुटवल उपमहानगरपालिकाको मेयरका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । मतदातालाई पैसा बाँड्न आएको भन्दै नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताले उनलाई नियन्त्रणमा लिएका हुन् ।
पालिकाको वडा नम्बर ११, मझुवा टोलको सुकुम्बासी बस्तीमा पैसा बाँड्न पुगेको आरोप स्थानीयले भट्टराईमाथि लगाएका छन् । सुकुम्बासी बस्तीको सिर्जना भूसालको घरमा थुनेर राखेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको हो ।
उम्मेदवार भट्टराईमाथि पैसा बाँडेको आरोप लगाउदै काँग्रेसका कार्यकर्ताले सुकुम्बासी बस्तीमा नाराबाजी समेत गरेका छन् ।
टिप्पणीहरू