रसुवामा एमालेको ७ लाख च्याप्पै
रसुवाको कालिका गाँउपालिकामा एमालेले आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै बाँड्न खोजिएको रकम स्थानीयको सहयोगमा अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताले कब्जामा लिएका छन् । बाँड्न लागिएको भनिएको सात लाख रुपैयाँ कब्जा गरिएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसीले एमालेले पैसा लिएर गएको र काँग्रेसले कब्जा गरेको भन्ने सुन्नमा आएको बताए । उनले उक्त खबर सुन्ने बितिक्कै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटाइएको जानकारी दिएका छन् ।
घटनाबारे थप जानकारी आइसकेको छैन ।
टिप्पणीहरू