मृत भेटिए विमल
-कमल भट्टराई
ताप्लेजुङको मिक्वाखोला १ खोक्लिङका २३ वर्षिय विमल कार्की हिजो दिनको समयमा मेरिङदेन ३ दोभानबाट आफ्नो पेशा (स्काईभेटर चालक) स्थगित गरेर मतदानको लागि आफ्नो घर खोक्लिङ गएका र घरमा आउँदै छु भनेर खबर समेत गरेका तर बेलुका अबेर सम्म घर नपुग्दा उनको खोजी गर्दा खोक्लिङकै दुङ्गा भन्ने ठाउँमा मृत अवस्थामा भेटिएको स्थानीयहरुको भनाइछ ।
घटनाको जानकारी पाउना साथ ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली पुगिसकेको र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट समेत प्रहरी टोली त्यस तर्फ लागेको बताइएको छ । घटनाको सत्य तथ्य अनुसन्धानबाट खुल्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
टिप्पणीहरू