धर्मेन्द्र बाँस्तोला साधारण सोधपुछपछि प्रहरीको कब्जाबाट मुक्त

धर्मेन्द्र बाँस्तोला साधारण सोधपुछपछि प्रहरीको कब्जाबाट मुक्त

आज बिहान पक्राउ परेका नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई प्रहरीले सामान्य सोधपुछपछि छाडिदिएको छ । निर्वाचन बिथोल्ने आफ्नो पार्टीको नीति नरहेको र आफू पोखराको प्रशिक्षण सकेर नेपालगन्ज घर जान लागेको उनले जानकारी दिएसङ्गै निगरानीमा रहने गरी उनलाई छाड्ने आदेशबमोजिम प्रहरीले बाटो लाग्न दिएको बताइन्छ । उनलाई नेपालगञ्जतर्फ जाँदै गर्दा आज बिहान ४ बज्र दाङको भालुवाङमा रोकिएको थियो ।

यसैबीच आफ्ना नेतालाई तत्काल रिहा गर्न अर्का नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ ले केहीबेर अघि विज्ञप्ति जारी गरेका थिए ।

वलीले आफ्नो विज्ञप्तिमा लेखेका छन्, ‘हाम्रो पार्टीले कुनै पनि विस्फोटजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको सार्वजनिक रुपमा स्पष्ट गर्न चाहन्छौं ।’ हिजो साँझ बुटवलमा भएको विस्फोटको जिम्मेवारी नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले लिइसकेको पनि सुदर्शनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

टिप्पणीहरू