मतपत्र बाक्सामा खसालेलगत्तै मतदाताको निधन

मतपत्र बाक्सामा खसालेलगत्तै मतदाताको निधन

बैतडीमा मतदानलगत्तै एक जना मतदाताको मृत्यु भएको छ । मतदानपछि मृत्यु भएका दोगडाकेदार गाउँपालिका–३, कफल्डाका ८४ वर्षीय हरिसिंह भाट हुन् ।

प्रहरी निरीक्षक दीपक विष्टका अनुसार बिहान स्थानीय सनातन धर्म मावि, खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर उनी एक्कासी मुर्छा परेका थिए ।

त्यसपछि घरतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्युु भएको हो ।

टिप्पणीहरू