भारतको भागमा काठमाण्डौ, चीनलाई ललितपुर
चिनियाँ दूतावासका काउन्सिलर वाङ सिङ (wang xin) को टोलीले ललितपुरको एक मतदान केन्द्र निरीक्षण गरेको छ।
ललितपुर महानगर–३ धोबीघाटस्थित नेपाल राष्ट्रिय भूपू सैनिक परिसर (आइडल मोडल बोर्डिङ स्कूल) को भोट हाल्ने क्षेत्रको सुरक्षा अवस्थाबारे अवलोकन गरेको हो ।
भारतीय दूतावासबाट अग्रवाल थरका एक अफिसरसहित तीन जनाले काठमाण्डौका बुथहरुको र चिनियाँ दूतावासका चार जनाले ललितपुरका मतदान केन्द्रको निरीक्षण गरेकाे बताइएको छ।
सिनसहितको टोली दश बजेतिर धोबीघाटको मतदान केन्द्र पुगेको थियो । उनीहरू त्यहाँ झण्डै आधा घण्टा बसेका थिए ।
टिप्पणीहरू