अछाम कुच्चीका दुई मतदान केन्द्रमा तनाव,१५ राउण्ड हवाई फायर
अछाम पञ्चदेवल विनायक नगरपालिका ४, कालिकास्थान कुच्चीका दुई केन्द्रको मतदान स्थगित भएको छ । नेपाली काँग्रेसका कार्यकर्ताले एक जना मतदाताको मत हाल्न खोजेपछि हेल्थ पोष्टमा रहेका दुई वटा मतदान केन्द्रमा तनाव भएको बताइन्छ ।
काँग्रेसनिकटले मतदान केन्द्रभित्र पसेर मतपेटिका तोडफोड गरेसँगै प्रहरीले १५ राउण्ड हवाइ फायर गरिसकेको छ ।
स्थानीयका अनुसार कम्तीमा छ जना मतदाता घाइते भएका छन् । उनीहरुको टाउको र शरीरमा चोट लागेको बताइएको छ ।
टिप्पणीहरू