नामै नभए पनि मतदान,कहिले स्थगन,कहिले समापन !
आज दिउँसो ३ बजे अर्घाखाँचीको मालारानी गाउँपालिका ५ बाँगी शान्ति मा.वि. आरुखोरको मतदान केन्द्र (ग) मा उत्पन्न विवाद हल गरेर बल्ल मतदान सुचारु भएको छ ।
मतदाता नामावलीमा नाम नभएकाहरुले पनि मतदान गरेपछि चर्केको विषयले केहीबेर मतदान रोकिएको हो । त्यसपछि मालारानी गाउँपालिकामा मोबाइल २ का कमाण्डर पदमबहादुर थापाको कमाण्डमा खटिएका छ जना सुरक्षाकर्मीलाई थप मद्दत गर्न सहायक प्रहरी निरीक्षक आनन्द खनालको कमाण्डमा २० जना पुगेका छन् ।
अहिले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु समेत उक्त स्थानमा पुगेको खबर छ । स्वतन्त्र उम्मेदवारका प्रतिनिधि सिद्धार्थ के.सी.लाई नियन्त्रणमा लिएपछि साढे ४ बजेदेखि मतदान सुचारु गर्ने सहमति भएको हो । हातपात गर्ने के.सी.लाई कानुनी कारबाही गर्ने सहमतिपछि पुनः मतदान प्रक्रिया शुरु भएको छ ।
टिप्पणीहरू