प्रधानमन्त्री देउवाको घर भएको नगरपालिकामा एमालेको प्यानल विजयी
बूढानीलकण्ठ नगरपालिकाको पहिलो मत परिणाम आएको छ । वार्ड नम्बर १ को सम्पूर्ण मतगणना हुँदा एमाले उम्मेदवारहरुको प्यानल नै विजयी भएको हो ।
जसअनुसार वडाध्यक्षमा सुरेन्द्र लामाले ८४५, महिला सदस्यमा चण्डिका रैलाले ८३०, दलित महिला सदस्य शर्मिला नेपालीले ८३२, खुल्ला सदस्यमा नवीन श्रेष्ठले ८०२ र खुल्ला सदस्यमा बुद्धिमान लामाले ७७६ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उक्त वडाबाट मेयरका उम्मेदवार मिठाराम अधिकारीले ७८७ र उपप्रमुखकी उम्मेदवार अनिता लामाले ८१२ मत प्राप्त गरेका हुन् ।
टिप्पणीहरू