सर्लाहीमा ७७ राउण्ड हवाई फायर, डीएसपीसहित ३ जना घाइते

सर्लाहीमा ७७ राउण्ड हवाई फायर, डीएसपीसहित ३ जना घाइते

हिजो भएको मतदानको क्रममा सर्लाहीमा ७७ राउण्ड हवाई फायर भएको छ । विभिन्न नगर र गाउँपालिकामा हुन लागेको झडप र अनियन्त्रित अवस्थालाई नियन्त्रणमा लिन उक्त हवाई फायर गरिएको बताइएको छ ।

हिजो सर्लाही जिल्लामा मात्रै गरिएको ७७ हवाइ फायरमध्ये इन्सास बन्दुकबाट ३५ राउण्ड र एसएलआरबाट १३ राउण्ड चलाइएको थियो । प्रहरीले एसएमजीबाट एक राउण्ड, टियर ग्याँस १० सेल, ३०३ राइफलबाट चार राउण्ड चलाइएको हो ।

त्यसैगरी पेस्तोलबाट १० राउण्ड, हर्नेटबाट पाँच राउण्ड हवाइ फायर गरिएको थियो ।

सर्लाहीमा डिएसपी पुरुषोत्तम खड्का घाइते भएका छन् । उनको हात, गोडा र अनुहारमा चोट लागेको छ भने असई नसिवलाल मण्डलको टाउकोमा गहिरो चोट लागेको छ । जवान दिनेश गुरुङको पनि टाउकोमा चोट लागेका थियो ।

टिप्पणीहरू