१८ जना भारतीय भैरहवातर्फ, २ जना नयाँ दिल्ली

१८ जना भारतीय भैरहवातर्फ, २ जना नयाँ दिल्ली

नेपालका लागि भारतीय कार्यवाहक राजदूत नामग्य सी. खम्पा, भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागरसहित १८ जनाको टोली आज काठमाडौंबाट भैरहवा पुगेको छ ।

उक्त टोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्सिदेखि गर्न लाग्नुभएको लुम्बिनी भ्रमणको क्रममा स्वागत तथा तयारीको लागि त्यसतर्फ प्रस्थान गरेको हो । प्रधानमन्त्री मोदी पर्सि बिहान पौने ११ बजे लुम्बिनीमा हेलिकप्टरबाट आउँदै हुनुहुन्छ ।

आजै भारतीय जनता पार्टीका सांसद तथा स्वयंसेवक संघका सदस्य नितिश भारद्धोज सहित दुई जनाको टोली नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्केको छ । टोली विभिन्न व्यक्तित्वहरुसँग भेट गरेर आज राजधानी नयाँ दिल्ली गएको हो ।

टिप्पणीहरू