पोखरामा एकीकृत समाजवादीलाई पछ्याउँदै एमाले उम्मेदवार

पोखरामा एकीकृत समाजवादीलाई पछ्याउँदै एमाले उम्मेदवार

पोखरा महानगरपालिकामा केही बेरअघि एक हजार ६ सयम मतको गणन भएको छ । जसमा नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यको छ सय १३ मत देखिएको छ । आचार्यपछि एमालेका उम्मेदवार कृष्ण थापाको पाँच सय ८३ मत रहेको छ ।

उपमेयरमा काँग्रेसका कोपिला रानाभाटले सात सय १६ मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले पाँच सय ८३ मत प्राप्त गरेकी छन् ।

अहिले पोखरामा तीन वटा वडाको मतगणना भइरहेको हो ।

टिप्पणीहरू