उम्मेदवारलाई चित्त नबुझेपछि मतगणना रोकियो
मोरङको रंगेली नगरपालिकाको वडा नं –८ स्थित आदर्श स्कुलमा भइरहेको मतगणना स्थगित भएको छ । हिजो राति ९ बजेदेखि मतगणना रोकिएको हो ।
नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार मदराज घिमिरेले मतगणना चित्त नबुझेको भन्दै उजुरी दिएपछि स्थगित भएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताए ।
उम्मेदवार घिमिरेले पुन: निर्वाचन गर्नुपर्ने माग राख्दै उजुरी दिएका छन् । उनले मतगणनामा निर्वाचन अधिकृतले धाँधली गरेको आरोपसमेत लगाए ।
घिमिरेको उजुरीपत्र निर्वाचन आयोगमा पठाइएको मुख्य निर्वाचन अधिकृत लम्सालले जानकारी दिए । यसविषयमा छलफल गर्न एकछिन अघिदेखि सर्वदलीय बैठकसमेत बसेको छ ।
टिप्पणीहरू