विप्लव र वैद्यका विद्यार्थीहरुद्वारा आयल निगमको सिसा झर्यामझुरुम

विप्लव र वैद्यका विद्यार्थीहरुद्वारा आयल निगमको सिसा झर्यामझुरुम

पेट्रोलियम पदार्थको मूल्यमा गरिएको वृद्धिको विरोध गर्ने क्रममा मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लव निकट विद्यार्थीहरुले नेपाल आयल निगमको झ्यालको सिसा फुटाएका छन् ।

मध्यान्ह १२ बजेदेखि टेकुस्थित निगमको कार्यालय बाहिर विद्यार्थीहरुले मूल्यवृद्धि खारेज गर, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, दलाल माफियाहरु मुर्दावादलगायत नारा लगाएका थिए ।

विरोध कार्यक्रमको नेतृत्व वैद्य निकट अखिलका अध्यक्ष हरिकृष्ण गजुरेल र विप्लव निकट विद्यार्थी संगठनका डिवी चन्दले गरेका थिए ।

कार्यक्रमको अन्तमा विद्यार्थीहरुले निगमको झ्यालमा सिसा हानेर फुटाइदिएका छन् । कार्यक्रममा मुश्किलले डेढ दर्जनको उपस्थिति थियो ।

टिप्पणीहरू