भजनी नगरपालिकामा मेयरदेखि वडा सदस्यसम्मको मत बराबर

भजनी नगरपालिकामा मेयरदेखि वडा सदस्यसम्मको मत बराबर

कैलालीको भजनी नगरपालिकामा रोचक मतपरिणाम देखिएको छ । मेयरदेखि वडा सदस्यसम्मको मत बराबर आँउदा सबैजना आश्चर्यचकित भएका हुन् ।

सबैभन्दा पहिलो बनेको नागरिक उन्मुक्ति पार्टीले सात वटै पदमा समान मत पाएको छ । मेयर, उपमेयर, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा रेशम चौधरीको पार्टीले ४३२ मत पाएको छ ।त्यसैगरी, दोस्रो स्थानमा २२२ मतसहित माओवादी आइपुगेको छ । माओवादीले उपमेयरबाहेक अन्य पदमा एउटै मत पाएको हो । यता, नेपाली काँग्रेसबाट उपमेयरमा मात्र उम्मेदवारी दिइएको छ । जनता समाजवादी पार्टीले सात वटै पदमा १५४ र नेकपा एमालेले १३६ प्राप्त गरेको छ ।

टिप्पणीहरू