दार्चुलामा एमालेका प्रेमसिंह धामी हारे, माओवादीेका दलजीत धामीले जिते
दार्चुलाको नौगाढ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष उम्मेदवार दलजित धामी विजयी भएका हुन् ।
दलजितले नेकपा एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई पाँच सय छ भोट अन्तरले हराएका हुन् । दलजितले ३ हजार ७ सय ८३ भोट ल्याउँदा प्रेमसिंहले ३ हजार २ सय ७७ भोट ल्याएका हुन् ।
उपाध्यक्ष पदमा नेपाली काँग्रेसका जगतसिंह ठगुन्नाले एमालेकी गौरीदेवी ठगुन्नालाई एक हजार चार भोट अन्तरमा हराएका छन् । जगतसिंहले तीन हजार ९ सय ५६ भोट पाउँदा गौरीदेवीले दुई हजार ९ सय ५२ भोट पाएकी हुन् ।
टिप्पणीहरू