धुलिखेल नगरपालिकाको मतगणना (अपडेट)
धुलिखेल नगरपालिकामा पनि मतगणना जारी छ । केही बेरअघि ५ हजार २०५ मत गणना गरेपछि मेयरमा एमालेका अशोक ब्याञ्जुले २२९७ मत प्राप्त गरेका छन् ।
काँग्रेसबाट उठेका बागी उम्मेदवार विदुर बस्नेतल जेब्रा चिन्हमा १९८४ मत ल्याएका छन् । उपमेयरमा एमाले उम्मेदवार लालतारा अधिकारीले २३४० र नेपाली काँग्रेसका उम्मेदवार निराजन जंगमले २००४ मत ल्याएका छन् ।
धुलिखेलमा वडा नम्बर ४ को ८८० मत गणना गर्दा ब्याञ्जुलाई ३२८ र बस्नेतलाई ४०७ मत पाएका छन् । उपमेयरका अधिकारीलाई २९८ र जंगमलाई ३७० मत प्राप्त भएको हो ।
वडाध्यक्षका उम्मेदवार एमालेका कमलबहादुर रायलाई ३७८ र काँग्रेसका उत्तम तिमिल्सिनालाई ४०० मत प्राप्त भएको छ ।
टिप्पणीहरू