एमाले पोलिटब्युरो सदस्य मनकुमारी केसीका पति वडा अध्यक्षमा पराजित
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा संघीय सांसद मनकुमारी केसीका श्रीमान् रामबहादुर जिसी बागलुङ नगरपालिका–२ को वडा अध्यक्षमा पराजित भएका छन् । बागलुङ नगरपालिका वडा नम्बर २ का एकीकृत समाजवादीका उम्मेदवार सुरज बोसेलसँग ३० मत अन्तरले पराजित भएका हुन् ।
वडा २ मा ११७५ मत खसेकोमा एकीकृत समाजवादीका सुरज बोसेलले ४ सय २८ मत ल्याउँदा जिसीले ३ सय ९८ मत पाएका थिए ।
बागलुङ नगरपालिका २ मा गठबन्धनको प्यानलै विजयी भएको छ । गठवन्धनमा एकीकृत समाजवादीबाट वडा अध्यक्ष,माओवादी केन्द्रबाट खुल्ला महिला वडा सदस्य र बाँकी ३ जना सदस्य नेपाली काँग्रेसबाट उम्मेदवार बनेकोमा सबै विजयी भएका छन् । वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार रामराज गुरुङले १ सय ८१ मत प्राप्त गरेका छन् ।
टिप्पणीहरू