सप्तरीबाट सिके राउतको जनमतले खाता खोल्यो

सप्तरीबाट सिके राउतको जनमतले खाता खोल्यो

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ मा सिके राउत नेतृत्वको जनमत पार्टीले प्यानल नै जितेको छ । जनमतका सुरेन्द्र मण्डलले झन्डै पाँच सय मतान्तरले जनता समाजवादी पार्टीका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष जितेका हुन् ।

उनले १६७० मत ल्याए भने निकटतम प्रतिद्दन्दी रहेका जसपा उमेदवारले ११८६ मत प्राप्त गरेका छन् । महिला सदस्यमा जनमतकी अनमोला माझीले ११४४, दलित महिला सदस्यमा कौशिलादेवी चमारले १८६८, खुल्ला सदस्यमा उमेशकुमार मण्डलले १७७४ र रुपेशकुमार यादवले १७८३ मत प्राप्त गरी विजयी भए ।उक्त नगरपालिकाको मेयर र उपमेयर दुबैमा जनमतले अग्रता लिएको छ । मेयरमा वीरेन्द्र माझी ३६१८ र उपमेयरमा रेखादेवी मण्डल ३३५५ मतसहित अगाडि छन् । उनीहरुलाई पछ्याइरहेका जसपाका उम्मेदवार शैलेसकुमार साहले २८०६ र सरितादेवी यादवले ३०१८ मत प्राप्त गरेका छन् ।

नगरपालिकाको अझै ६ वटा वडामा मतगणना हुन बाँकी छ ।

टिप्पणीहरू