भारतीय दूतावासका ठूला बडा सबै प्रचण्ड निवासमा

भारतीय दूतावासका ठूला बडा सबै प्रचण्ड निवासमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा हिजो अपरान्ह भारतीय दूतावासका कार्यवाहक राजदूतदेखि हुनेवाला डिसिएम्मसम्मको टोली पुगेको छ ।

अध्यक्ष प्रचण्डसँग झण्डै ४५ मीनेट भेटवार्ता गरेको टोली त्यहाँबाट पौने ५ बजे बाहिरिएको स्वकीय सचिव रमेश मल्लले बताए ।

आज खुमलटार पुगेको टोलीमा दूतावासकी कार्यवाहक राजदूत (चार्ज डे अफेयर्स) नाम्ग्य सी खम्पा,नवनियुक्त डिसिएम श्रीवास्तव र प्रथम सचिव रोहित मिश्र सम्मिलित थिए ।मिश्रले दूतावासमा राजनीति र शिक्षा विभाग हेर्छन् ।

टिप्पणीहरू