भरतपुरमा दाहालको अग्रता बढ्यो, सुवेदी ३ हजार मतले पछाडि
चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले प्रतिस्पर्धी उम्मेदवारसँगको मतान्तरको दूरी लम्बाउदै गएकी छन् ।
निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार दाहालले तीन हजार ५७ मतले अग्रता कायम राखेकी छन् ।
अहिलेसम्म गठबन्धन उम्मेदवार दाहालले १५ हजार १३४ प्राप्त गरेकी छन् । एमाले–राप्रपाका तर्फबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ७७ मत प्राप्त गरेका छन् ।
उता बागी उम्मेदवार जगन्नाथ पौडेलले छ हजार २ सय ५३ मत पाएका छन् ।
उपप्रमुखमा काँग्रेसका चित्रसेन अधिकारीले १७ हजार पाँच सय ४५ मतका साथ अगाडि देखिएका छन् । एमालेको समर्थन पाएकी राप्रपाकी हिमला गुरुङले नौ हजार सात सय ३२ मत ल्याएकी छन् ।
टिप्पणीहरू