गोदावरीमा गजेन्द्र दोहोरिए
ललितपुरको गोदावरी नगरपालिकाको मेयर र उपमेयर पुरानै दोहोरिएका छन् । निवर्तमान मेयरसमेत रहेका गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी यसपटक पनि निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार रहेका महर्जनले १८ हजार ९२८ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका गम्भीरबहादुर रानाले १५ हजार १५७ मत पाए ।
मुनाले १८ हजार ३३३ मत ल्याएर जित हात पार्दा एमालेकी रुमी प्रधानांगले १४ हजार १६९ भोट प्राप्त गरिन् ।
गोदावारी नगरपालिकाको वडाअध्यक्षमा भने अन्य दलहरुले पनि जितेका छन् ।
टिप्पणीहरू