काठमाडौंको मतान्तर उस्तै, बालेनको अग्रता यथावत

काठमाडौंको मतान्तर उस्तै, बालेनको अग्रता यथावत

काठमाडौं महानगरपालिकाका पाँच वटा वडाको मत गनिसकेपछि मेयर पदका उम्मेदवारबीच देखिएको मतान्तर अहिले पनि कायम छ । हालसम्म १ देखि ५ नम्बर वडाको अन्तिम परिणाम आइसकेको छ ।

अहिले वडा नम्बर ६, ७, ८, २८, २९, ३०, ३१ र ३२ वडाको मतगणना भइरहेको छ । अहिले पनि स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता उस्तै छ । ६१ हजार २२६ मत गणना हुँदा साहले २३ हजार १९५ मत पाएका छन् ।

एमालेको सूर्य चिन्हमा १२ हजार ३४४ मत प्राप्त भएको छ । काँग्रेसको रुखमा ११ हजार ४४२ मत देखिएको हो । उपमेयरमा सूर्य चिन्हमा २३ हजार १७, कलम चिन्हमा सात हजार तीन सय ३७ र हलोमा पाँच हजार १६८ मत आएको छ ।

टिप्पणीहरू