५७९ ठाउँको मतगणना सकियो, साढे २९ हजार उम्मेदवार निर्वाचित
स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ५७९ स्थानीय तहको मतगणना सकिएको छ । आज साँझ सम्ममा थप १८३ पालिकाको मतगणनाको अन्तिम परिणाम आउने पनि निर्वाचन आयोगले जनाएको छ ।
हालसम्म २९ हजार ५६५ उम्मेदवार निर्वाचित भइसकेका छन् । जसमा प्रमुखमा १७६ जना, उपप्रमुखमा १७५, अध्यक्षमा ४०१, उपाध्यक्षमा ४०१, वडाध्यक्षमा पाँच हजार ७०८, महिला सदस्य पाँच हजार ७०३, दलित महिला सदस्य पाँच हजार ६०५ जना र वडा सदस्य ११ हजार ३९७ जना निर्वाचित भएका छन् ।
३५ हजार २२१ पदमध्ये हालसम्म झण्डै ८० प्रतिशत तहको मतगणना सम्पन्न भइसकेको छ । आजसम्म मतगणना सम्पन्न गर्न आयोगले यसअघि नै निर्देशन दिएको थियो ।
तर, मतगणना नसकिएका स्थानमा थप जनशक्ति परिचालन गरेर मतगणना गर्न आयोगले पुनः निर्देशन दिएको थियो ।
टिप्पणीहरू