आफ्नै वडामा केशव पछाडि, बालेन अगाडि

आफ्नै वडामा केशव पछाडि, बालेन अगाडि

काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ मा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ । उक्त वडामा पनि स्वतन्त्र उम्मेदवार बालेन साह नै अगाडि छन् । उनलाई काँग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले पछ्याइरहेका छन् ।

अहिलेसम्म दुई हजार दुई सय २१ मतगणना हुँदा बालेनको पक्षमा ५७१ परेको छ । स्थापितले ५३९ र सिर्जनाले ५०७ मत प्राप्त गरेकी छन् । बागबजार क्षेत्रमा पर्ने वडा नम्बर २८ एमाले उम्मेदवार स्थापितको वडा हो ।

उनले गत शुक्रबार बिहान बागबजारस्थित पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट भोट हालेका थिए ।

टिप्पणीहरू