बलात्कारविरोधी एकथरि युवा बालुवाटारमा, अर्काथरि माइतीघरमा
बलात्कारको विरोधसँगै अभियुक्तलाई कारवाहीको माग गर्दै स्वतन्त्र युवाहरु बालुवाटार पुग्न थालेका छन् । उनीहरुले बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्ने उद्घोष गरेका छन् ।
बालुवाटार घेर्न जाँदै गरेका युवाहरुलाई प्रहरीले दक्षिणमा भाटभटेनी मन्दिर र उत्तरमा पवित्र वर्कशप नजिकै रोक्ने तयारी गरेको छ ।
उता, नेकपा विप्लव समूहका युवाहरुले पनि दिउँसो माइतीघरमा प्रदर्शन गर्ने भएका छन् । उनीहरुले दिउँसो ३ बजे कार्यक्रम राखेका हुन् । विप्लव समर्थित युवा विद्यार्थीले सुस्मितामाथि भएको अमानवीय कार्यको विरोध गर्दै अभियुक्तमाथि कारवाहीको माग गरेका छन् ।
टिप्पणीहरू