पोखरामा धनराजको फराकिलो अग्रता कायम

पोखरामा धनराजको फराकिलो अग्रता कायम

पोखरा महानगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले फराकिलो अग्रता कायम राखेका छन् ।

पछिल्लो परिणामअनुसार अचार्यले २६ हजार ४११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी उम्मेदवार कृष्णबहादुर थापाको २३ हजार २४५ मत छ । हालसम्म ६४ हजार मत गणना हुँदा आचार्यले थापालाई तीन हजार १६६ मतले पछाडि पारेका हुन् ।

त्यसैगरी उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाट झिनो मतले अगाडि देखिन्छन् । उनले २६ हजार ६४४ ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५७८ मत प्राप्त गरेकी छन् ।

टिप्पणीहरू