काठमाडौं महानगरमा ७२ हजार मतगणना : लौरो अघि, सूर्य र रुख पछिपछि

काठमाडौं महानगरमा ७२ हजार मतगणना : लौरो अघि, सूर्य र रुख पछिपछि

काठमाडौं महानगरपालिकामा अहिलेसम्म ७२ हजार मतगणना भएको छ । प्रारम्भदेखि स्वतन्त्र उम्मेदवार बालेन साहले राखेको अग्रता अझै देखिन्छ ।

साहको लौरो चिन्हमा २७ हजार ८७ मत प्राप्त भएको छ । केशव स्थापितको सूर्य चिन्हमा १४ हजार ७०१ र सिर्जना सिंहको रुख चिन्हमा १३ हजार ७५० मत आएको छ ।

उपमेयरमा सुनिता डंगोलको सूर्य चिन्हमा २७ हजार १०१, रामेश्वर श्रेष्ठको कलम चिन्हमा आठ हजार ७५९ र हलो चिन्हमा पाँच हजार ९४२ मत प्राप्त भएको हो ।

टिप्पणीहरू