नवनिर्वाचित जनप्रतिनिधि भित्र, निवर्तमान बाहिर
स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु भएको छ । २०७४ जेठ ६ गतेदेखि शुरु भएको स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल गए रातिदेखि सकिएको हो ।
आजदेखि शपथ ग्रहण गर्ने जनप्रतिनिधिको कार्यकाल २०८४ जेठ ५ गतेसम्म कायम रहने छ ।
आज बिहानसम्म ६ सय २७ स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । अब १ सय २६ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।
टिप्पणीहरू