शिक्षक सेवा आयोगले भन्यो ‘लिखित परीक्षाको नतिजा ठीक छ’

शिक्षक सेवा आयोगले भन्यो ‘लिखित परीक्षाको नतिजा ठीक छ’

शिक्षक सेवा आयोगले गत वैशाख २० गते प्रकाशित माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा पुनः चेक जाँच गर्दा कुनै परिवर्तन नभएको जनाएको छ ।

आयोगका उपसचिव यामनारायण घिमिरेका अनुसार पुनर्योग नतिजामा कुनै फेरबदल आएको छैन ।

‘नतिजामा चित्त नबुझी पनुर्योगका लागि निवेदन दिने उम्मेदवारहरुको नतिजा पुनर्योग गर्दा साविकको नतिजामा कुनै फेरबदल नभई यथावत रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि आयोगको मिति २०७९ जेठ ५ गतेको निणर्यनुसार सूचित गरिन्छ’ आयोगले जानकारी गराएको पत्रमा उल्लेख छ ।

टिप्पणीहरू